समाचार

दाङमा बञ्चरोले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

bead body tag

३ असार, बुटवल । दाङको घोराहीमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया श्रीमती स्याना कुमारी चौधरीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार सामान्य घरायसी विवादका कारण बुधबार बेलुका ६ बजेतिर मुकुन्दलालले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेका थिए ।

बन्चरोले लागेर गम्भीर घाइते चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीवार दिउँसो मृत्यु भएको डिएसपी रिजालले जानकारी दिए । प्रहरीले मृतकका श्रीमान् मुकुन्दलाललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको रिजालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस