स्वास्थ्य

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट

norvic hospital

४ असार, काठमाडौं । बाढीपहिरोमा परी घाइते भएकाहरुको उपचारका लागि काठमाडौंको नर्भिक इनटरनेसनल अस्पतालले छुट्टै युनिट सञ्चालनमा ल्याएको छ ।

बाढीपहिरो पीडितहरुको सहज, सरल र प्राथमिकताका साथ उपचार गर्न अस्पतालले छुट्टै युनिट संचालनमा ल्याएको अस्पतालले जनाएको छ । युनिटमा डेडिकेटेड शैया, चिकित्सक तथा नर्सिङ स्टाफसहितको अलग्गै टिमले घाइतेहरुको उपचारमा काम गर्नेछ ।

“बाढीपहिरोमा परी घाइते भएकाहरुले अकालमा ज्यान गुमाउन नपरोस् भनेर समेत हामीले यो अवधारणाबाट काम थालेका हौं,” अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस