समाचार

मेलम्ची बाढी पीडितलाई आयल निगमद्वारा ग्यास सिलिण्डर प्रदान

gas bitaran

४ असार, काठमाडौं । नेपाल आयल निगमले मेलम्चीका बाढी पीडित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर उपलब्ध गराएको छ ।

निगमले जिल्ला दैवीप्रकोप कोषसँगको समन्वयमा बाढी प्रभावितलाई ग्यास उपलब्ध गराएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । सुरुमा २५० वटा ग्यास सिलिण्डर उपलब्ध गराएको उनले बताए । आवश्यकताको आधारमा थप सहयोग पनि गर्ने उनले बताए ।

बाढीका कारण धेरै घर डुवानमा परेपछि स्थानीय समस्यामा परेका छन् । राहत स्वरुप निगमले आफ्नै खर्चमा ग्यास सिलिण्डर उपलब्ध गराएको पौडेलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस