मुख्य समाचार

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै

jhalanath khanal birami

५ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था ठीक छ । ‘भर्खरै मात्र दिल्लीस्थित अपोलो अस्पतालमा मेरो निर्भीक खनालसँग कुराकानी भएको छ । स्वास्थ्य अवस्था ठीक छ’, उनले भनेका छन्, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ ।’

नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालको चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस