मुख्य समाचार

देशभर थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

kathmandu check point

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त हुँदा ३४ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ६३५(पीसीआर) र २५ हजार ५७४ (एन्टिजेन) जना पुगेको छ ।

यस्तै हालसम्म ५ लाख ५३ हजार ३४२ जना संक्रमण मुक्त हुदा मृतकको कुल संख्या ८ हजार ६७५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस