
५ असार, मस्को । रुसको दक्षिण–पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी नौजनाको ज्यान गएको बताइएको छ । रुसको दक्षिण–पश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा परेर दुईजना चालक दलका सदस्य र अरु सातजना यात्रु गरेर नौजनाको ज्यान गएको बताइएको छ । त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा नौजनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ ।
सो जहाज राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीनवटा उडान गरेको बताइएको छ । तर, चौथोपटकको उडानका क्रममा जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस