समाचार

पशुपतिभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन मन्त्री अरगरियाको निर्देशन

umashankar Argariya

६ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन् ।

आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुनःनिर्माणका कामहरुलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिएका हुन् । उनले आफु पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफु आएर हेर्नसक्ने बताए । उनले भ्रष्टाचार हुन नदिनका निम्ति सजग पनि गराए ।

उनले भने– ‘पारदर्शी गरिदिनुहोला । म व्यक्तिगत भ्रष्टाचारको विरुद्धको आन्दोलनले आज मन्त्रीसम्म पुगेको छु  र मेरो एउटै उद्धेश्य हुन्छ, न खान्छु न खान दिन्छु कसैलाई । त्यतातिर एकदम पारदर्शी रुपले गर्नुहोला । नत्र जतिबेला पनि म आफैँ आएर हेर्नसक्छु । चेक गर्न सक्छु । त्यतातिर पनि म अहिले नै सतर्क र सजग गराउन चाहान्छु ।’

मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध जनाइरहेको सन्दर्भमा मन्त्री अरगरियाले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताए । निर्माणको काम सकिइसकेपछि उनीहरुलाई पुर्नस्थापना गरिने उनले बताए । उनले भने– ‘यो मन्त्रालय संस्कृतिको रक्षा गर्ने मन्त्रालय हो । संस्कृतिको रक्षा हुन्छ । बाबाहरु यदि पहिलादेखि बसिराख्नुभएको छ भने नठान्दा हुन्छ कि हामीलाई विस्थापित गर्छ । यो कुरामा मन्त्रालय पनि एक्टिभ भएर बाबाहरुको साथमा हुन्छ र यो बनिसकेपछि बाबाहरुलाई पुनःस्थापना दिइनेछ ।’

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रलाई तपोभुमिको रुपमा विकास गर्ने ध्येय रहेको बताए । उनले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गरे ।

उनले भने– ‘यो क्षेत्र हामीले सोचेको सन्त, महात्माहरूको प्रवचन गुज्जिरहोस् । यो क्षेत्रमा अध्ययन, अध्यापन होस्, संस्कृतको श्लोकहरु गुज्जिरहोस् र एउटा तपोभूमिको रुपमा विकसित होस् भन्ने हाम्रो सोच रहेको छ । र त्यही रुपमा विकास गर्ने ध्येय रहेको छ । यो थलो ज्ञान र विज्ञानको बहस गर्ने, तर्क गर्ने थलोको रुपमा पनि विकास हुनेछ भनेर मैले विश्वास लिएको छु ।’ पशुपति क्षेत्र विकास कोषले दाताहरुको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिर को निर्माण गर्न लागेको सदस्य सचिव ढकालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *