
६ असार, काठमाडौं । तास खेलिरहेको अवस्थामा प्रहरीले नौजना पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–५, पर्श्याङ, धारापानी मार्गमा डेरा गरी बस्ने धादिङका ३० वर्षीय जितबहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङसहित नौजनालाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार बेलुका वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २३ हजार १६५ रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस