मुख्य समाचार

सेयर बजार राताम्मे, जलविद्युत कम्पनीका लगानीकर्ता गुमाउनेमा अगाडि

broker office kathmandu

६ असार, काठमाडौं । आइतबार सेयर बजारमा ६२.९७ अंकको पहिरो गएको छ । यस दिन ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । २३२ कम्पनीहरुको कारोबार हुँदा १७ कम्पनीको मूल्य मात्रै बढेको छ भने अरु २१५ कम्पनीको मूल्य घटेको छ ।

आजको गिरावटपछि बजारको परिसूचक २९०५ अंकमा कायम भएको छ । यस दिन जलविद्युत कम्पनीका लगानीकर्ता गुमाउनेमा अगाडि देखिएका छन् । जलविद्युत समूह १०१ अंकले घटेको छ । बैंकिङ ३५, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १६५, फाइनान्स ८०, निर्जीवन बीमा २७९, उत्पादन १४९, अन्य ५१, माइक्रोफाइनान्स ११७ र जीवन बीमा समूह ३१० अंकले घटेका छन् ।

यस दिन युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ८.८ प्रतिशतले घटेको छ । बरुण र नेपाल हाइड्रो डेपलपरको मूल्य ८.७ प्रतिशतले घटेको छ । खानीखोला हाइड्रो, घलेम्दी हाइड्रो, सिइडिबी हाइड्रोको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन कुमारी बैंकको संस्थापक समूहको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशतले बढेको छ। त्यस्तै गोर्खा फाइनान्सको मूल्य ५.४ प्रतिशतले बढेको छ भने नेसनल हाइड्रोको मूल्य ३ प्रतिशतले बढेको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार विज्ञप्ती जारी गरेर ५१ कम्पनीलाई जोखिमयुक्त भनी व्याख्या गर्दै लगानी गर्नुपूर्व संयमता अपनाउन आग्रह गरेयता बजार निरन्तर ओरालो लागेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस