समाचार

पर्सामा बजार खोल्नेगरी निषेधाज्ञा असार १३ गतेसम्म थप

lockdown

६ असार, पर्सा । पर्सामा जारी निषेधाज्ञा पसल तथा बजार खोल्न दिने गरी असार १३ गते सम्मका लागि थप गरिएको छ । आइतबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म पसल तथा बजार खोल्न दिने गरी निषेधाज्ञा असार१३ गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको क्रममा मापदण्डको पालना गरी बिहान १० बजेदेखि अपरान्ह ५ सम्म पसल खोल्न पाइने छ । यस्तै अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ मिटरको दुरी कायम गर्नुपर्ने निर्णय समेत सो समितिले गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

उनले निषेधाज्ञा अवधिभर भीडभाडजन्य कार्य नगर्न, मापदण्डको पालना गरी सार्वजनिक, निजी कार्यालय÷निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गर्ने गराउने र सोको लागि उपयुक्त व्यवस्था सम्बन्धित कार्यालय÷निकायको प्रमुखले मिलाउनु पर्ने समेत निर्णय गरिएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस