समाचार

कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त

tapta

६ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पूर्व राज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको शनिबार राति निधन भएको हो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत नेता विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन् ।

विसं २०२० मा अछाममा जन्मिएका नेता विष्टले नेपालमा भएको हरेक लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । आन्दोलनका क्रममा उनी पटक–पटक गिरफ्तार समेत हुनुभएको काँग्रेसले जनाएको छ । कांग्रेसका विभिन्न तहमा रहेर पार्टीलाई अतुलनीय योगदान पुर्याउँदै आएका विष्ट लामो समयसम्म कांग्रेस सुर्खेत जिल्लाका सभापति रहेका थिए ।

नेता विष्ट २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । उक्त कार्यकालमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको पद जिम्मेवारीपूर्वक निर्वाह गरेका थिए । सरल र मिलनसार स्वभावका स्व.विष्ट इमान्दार एवं विकासप्रेमी नेताका रुपमा परिचित रहेका थिए । उनको निधनले नेपाली काँग्रेसले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस