समाचार

पछिल्लो २४ घण्टामा थप २४४२ जनामा संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

sab covid death

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ५१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् । भने काठमाडौं उपत्यकामा ५ सय ४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ सय ५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस