समाचार

कपिलवस्तुमा बाख्रा गाेठबाट विभिन्न हातहतियार बरामद

gun

६ असार, कपिलवस्तु । प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित एक बाख्रा गोठबाट हातहतियार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका–८ लोहरौला बस्ने अस्लम मुसलमानको बाख्राको गोठबाट दुई थान बाह्रबोर बन्दुक, पाँच थान जङ्गी राउन्ड गोली, ११ थान बाह्रबोर बन्दुकको पड्किएको खोका, तीनसय ग्राम बारुद जस्तो देखिने कालो धुलो, ५७ वटा छर्रा र जनावरलाई पासो लगाउन प्रयोग गरिने तीनवटा जाल बरामद गरिएको हो ।

हतियार बरामद भएलगत्तै घरधनी मुसलमान भने फरार भएका छन् । हातहतियार लुकाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगञ्ज र इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा हातहतियार बरामद गरेको हो । अस्लम मुसलमानको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै सुनसरी, बराह क्षेत्र नगरपालिका २ तेह्रअर्डीको विश्वकर्मा मन्दिर नजिकै झाडीमा बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस