६ असार, डोटी । डोटीको शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमा आज दिउँसो भेटिएको शव अझै निकाल्न सकिएको छैन ।
सेती नदीमा पानीको बहाव बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
नदीको बीच भागमा शव भएकाले महिला वा पुरुष कसको हो भन्ने छुट्टयाउन पनि नसकिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस