
७ असार, काठमाडौं । पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल ४० लाख ४३ हजार ७९४ ले प्यान लिएका छन् । प्यान लिनेको सङ्ख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने सङ्ख्यामा बढोत्तरी भएको देखिन्छ ।
मन्त्रालयका अनुसार सो अवधिमा दर्ता भएका कूल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेका छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५ सय ८६ पुगेको छ ।
करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ९ हजार १ सय ३४ पुगेको छ । मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ८८ हजार ७ सय ८ पुगेको छ । उता, अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ११ हजार ४ सय ९१ पुगेको छ ।