
७ असार, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक ७१.०६ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २८३४.४१ अंकमा कायम भएको छ । यस दिन ११ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
यस दिन सबै समूहहरु उच्च दरमा घटेका छन् । बैंकिङ ३४, ब्यापार २९, होटल तथा पर्यटन १६५, विकास बैंक २१०, जलविद्युत १५०, फाइनान्स १२०, निर्जीवन बीमा ४२९, उत्पादन १७१, अन्य ५४, माइक्रोफाइनान्स १०५ र जीवन बीमा समूह ४५१ अंकले घटेका छन् ।
यस दिन पोखरा फाइनान्स, युनिभर्सल पावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, युनियन हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेका छन् । हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, प्रोग्रेसिभ फाइनान्स, पन्चकन्या माइको मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेका छन् ।
यस दिन नारायणी डेभलपमेन्ट बैंकको मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । त्यस्तै कुमारी बैंकको संस्थापक समूहको मूल्य साढे ९ प्रतिशतले बढेको छ । जलविद्युत लगानी तथा विकास कम्पनीको ४ प्रतिशत , टेलिकम र बरुण हाइड्रोको मूल्य पनि २ प्रतिशतको आसपासमा बढेका छन् ।
नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भनी व्याख्या गर्दै लगानी गर्नुपूर्व संयमता अपनाउन आग्रह गरेयता बजार निरन्तर ओरालो लागेको छ । बोर्डले मंगलबार विज्ञप्ती जारी गरेर संयमता अपनाउन आग्रह गरेको थियो ।