प्रदेश १

पाँचथरमा पहिरोमा परेर १ जनाको मृत्यु, १ जना घाइते

pahiro 1

७ असार, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका २ मा पहिरोसँगै झरेको ढुंगाले लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा याङवरक गाउँपालिका २ लेखेवाका ५८ वर्षीय टेकनाथ धौराली रहेका छन् । टाउको र शरीरमा ढुंगाले लागेका उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर ५२ वर्षीय खड्कबहादुर राई सामान्य घाइते भएका छन् ।

सोमबार बिहान सवा ७ बजे उनीहरूलाई नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथिबाट पहिरोसँगै आएको ढुंगाले किचेको थियो । प्रहरी चौकी फलैंचा र सीमा प्रहरी चौकी च्याङथापुबाट खटिएको प्रहरीले घाइतेको उद्धार गरी उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस