लुम्बिनी प्रदेश

कपिलवस्तुमा असार १४ सम्मका लागि निषेधाज्ञा थप

Kapilbastu CDO Office

७ असार, कपिलवस्तु । कपिलवस्तु जिल्लामा असार १४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत एक साता निषेधाज्ञा थपिएको जनाएको हो ।

जारी विज्ञप्तिमा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरिएको जनाइएको छ । प्रशासन कार्यालयले सरकारी कार्यालयहरूमा भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पूरा गरी चलाउन  पाइने जनाएको छ भने बैक पनि सञ्चालन गर्न दिने निर्णय भएको जनाएको छ ।

उता, शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल लगायतका क्षेत्रमा भने रोक लगाइएको छ । विवाह ब्रतबन्धमा भने १५ जनाभन्दा बढी सहभागी हुन नपाइने नियम लगाइएको छ । त्यस्तै खाद्यान्न सामाग्री किनमेलमा भने रोक लगाइएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस