समाचार

प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सरुवा सूचीसहित)

nepal prahari

७ असार, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ वरिष्ठ उपरिक्षक (एसएसपी) सरुवा गरेको छ ।

मन्त्रालयले सोमबार सरुवा सूचीमार्फत् विभिन्न स्थानमा १५ एसएसपीको सरुवा गरेको हो । सरुवा सूचीको पहिलो नम्बरमा मीरा चौधरी रहेकी छन् । उनलाई हेटौँडाबाट प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।

श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ । कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजना र टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ ।

एसएसपी दिपक थापालाई प्रदेश–२ प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ ।

saruwa1

saruwa2

saruwa3

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस