समाचार

टिपरको ठक्करबाट रंगेलीमा मोटरसाइकल चालकको मृत्यु

Tipar

८ असार, मोरङ । टिपरको ठक्करबाट मोरङ रंगेली नगरपालिका-७ मा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमतर्फ जाँदै गरेको ना४ख ३४९३ नम्बरको टिपरले मंगलबार बिहान मोटरसाइकल चालकलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा प्र१-०२-०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई ६ सौठाका ४२ बर्षीय तिलक राज खड्का रहेको प्रहरीले जनाएको छ ।

आज बिहान सभा ९ बजे सोही दिशा तर्फ जाँदै गरेकाको मोटरसाईकललाई टिपरको ठक्करबाट खड्काको घाइते भएकोमा रंगेली अस्पतालमा पुर्‍याउन साथ उनको मृत्यु भएको थियो ।

टिपर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस