
८ असार, काठमाडौं । नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा तोलामा ६०० रुपैयाँले सुनको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ तोकेको छ । सोमबार तोलाको ९० हजार ४०० कायम गरिएको थियो । तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९० हजार ५०० पुगेको महासंघले जनाएको छ ।
दुई दिनदेखि चाँदीको मूल्य पनि निरन्तर बढेको छ । चाँदीको मूल्य पनि बढेर तोलाको १३ सय पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस