
८ असार, काठमाडौं । अडियो शेयरिङ प्लेटफर्म ‘क्लब हाउस’मा प्रहरीको लोगो दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ छन् ।
क्लब हाउसमा सोसियल र खुला रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा उनलाई साइबर ब्युरोले पक्राउ गरेको हो । ब्युरोका एसएसपी नविन्द अर्यालले प्रहरी अधिकारीको फोटो दुरुपयोग नगरिदिन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस