समाचार

नेपालमा कोरोनाविरुद्धको खोप परीक्षण गर्न बाटो खुल्यो

corona khop

८ असार, काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षणका लागि बाटो खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेका खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएसँगै बाटो खुलेको हो ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए । अहिले विश्वभरिका जनताले लगाइरहेको खोप पनि परीक्षणमै रहेकोले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परिक्षणको लागि अनुरोध गर्न सकिने बताए । परिक्षण गर्न आउने खोप उत्पादकले र त्यो देश जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताए ।

नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परिक्षण भएकोले कोरोना विरुद्धको खोपको परिक्षण पनि फाइदाजनक हुने डा. ज्ञवालीले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनासम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ । साथै आगामी असार १७ र १८ गते काठमाडौंमा बृहद सम्मेलन गर्न लागेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस