सेयर मार्केट

सेयर बजारमा हरियाली, एकैदिन बढ्यो ७८.८९ अंकले नेप्से

share market

८ असार, काठमाडौं । सेयर बजार ठीक एक हप्तापछि मात्रै हरियो देखिएको छ । आज मंगलबार परिसूचक ७८.८९अंकले बढेको हो । सो अंकको वृद्धिपछि नेप्सेको अंक २९१३.८४ मा कायम भएको छ । यस दिन १० अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । परिसूचक बढ्दा पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको हो । हिजो ११ अर्ब ६१ करोडको कारोबार भएको थियो ।

यस दिन सबै समूहहरु बढेका छन् । बैंकिङ ४३, ब्यापार ८, होटल तथा पर्यटन १२२, विकास बैंक २५०, जलविद्युत १४८, फाइनान्स १२४, निर्जीवन बीमा ३७१, उत्पादन १५९, अन्य ३९, माइक्रोफाइनान्स ५९ र जीवन बीमा ३९१ अंकले बढेका छन् । कम्पनीहरुलाई हेर्दा २०१ कम्पनीको मूल्य बढेको छ, ९ कम्पनीको मूल्य स्थिर भएको छ भने १५ कम्पनीको मूल्य घटेको छ ।

कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको १ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भयो । यो कम्पनीले हिजो साँझ मात्रै लाभांशको घोषणा पनि गरेको छ । साढे १६ प्रतिशत बोनस र साढे ३ प्रतिशत नगद लाभांशको घोषणा गरेको थियो ।

कारोबारका आधारमा दोस्रो स्थानमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीको जम्मा ३२ करोडको सेयर किनबेच भयो । अपि पावर, ङादी गुप, पन्चकन्या माइ हाइड्रो, बरुण हाइड्रो, जलविद्युत लगानी तथा विकास कम्पनी, जानाकी फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । राधि विद्युत, जोशी हाइड्रोपावर, कालिका पावर, खानीखोला हाइड्रो, युनियन हाइड्रो, घलेम्दी हाइड्रो, हिमालय पावर पार्टनरको मूल्य पनि ९.९ प्रतिशतले बढेको छ । एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ ।

बजार आज बल्ल एक सातापछि मात्रै हरियो देखिएको हो । यद्यपि कारोबार रकम हिजोका तुलनामा घटेको छ । तसर्थ कारोबार रकम घट्नुले खरिद गर्नेहरु अझै विश्वस्त हुन नसकेको देखाउँछ । यसअघि जेठ ३१ गते सेयर बजारको परिसूचक नेप्से ३०२६ अंकमा पुगेर अहिलेसम्मलाई सर्वाधिक अंकको कीर्तिमानी कायम गरेको छ । त्यसयता सेयर बजार निरन्तर ओरालो लाग्दै आएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *