८ असार, काठमाडौं । सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।
काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले सो आदेश दिएको हो ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका थिए । त्यसपछि जेठ २७ गते पुन: मन्त्रिमण्डल विस्तार गरिएको थियो ।
यी हुन पद गुमाउने मन्त्रीहरु
– रघुबीर महासेठ, परराष्ट्र
– राजेन्द्र महतो, सहरी विकास
– खगराज अधिकारी, गृह
– शरतसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाई
– अनिलकुमार झा, खानेपानी
– शेरबहादुर तामाङ, स्वास्थ्य तथा जनसङ्७शधलवसख्या
– राजकिशोर यादव, उद्योग, वाणिज्य तथा आपूर्ति
– लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
– नैनकला थापा, सञ्चार तथा सूचना प्रविधि
– ज्वालाकुमारी साह, कृषि तथा पशुपंक्षी विकास
– बिमलप्रसाद श्रीवास्तव, श्रम, रोजगार तथा सामाजिक विकास
– उमाशंकर अरगरिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
– चन्दा चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
– एकवाल मियाँ, युवा तथा खेलकुद
– नारद मुनि राना, वन तथा वातावरण
– गणेशकुमार पहाडी, सङ्घीय मामिला तथा सामान्य प्रशासन
– मोहन बानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
पद गुमाउने राज्यमन्त्री
– चन्द्रकान्त चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाई
– रेणुका गुरूङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
– आशाकुमारी विक, वन तथा वातावरण