८ असार, काठमाडौं । एमाले नेता योगेश भट्टराईले सर्वोच्चले पछिल्लो समय गरेको फैसलाबारे टिप्पणी गरेका छन् । अदालतबाट आएका आदेशहरूले एमाले एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो आफूलाई लागेको उनको भनाइ छ ।
‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्छ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले बुझ्नु पर्नेहरूलाई यो एउटा पाठ भएको भन्दै अगाडि भनेका छन्, ‘भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।’
प्रतिक्रिया दिनुहोस