विश्व/प्रवास

आज कोसी र सहायक नदीमा बहाव उल्लेख्य बढ्ने

Hyderabad flood

९ असार, काठमाडौं । आज कोसी र यसका स–साना सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानको मापननुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै छ । आज पश्चिम राप्ती, बबईलगायतमा बहाव सामान्य रहुने तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । कन्काई, कमला, वागमती जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहान हुन सक्ने पूर्वानुमान छ ।

आज बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौं, सिन्धुली, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, नवलपुर, परासी, पाल्पा, गुल्मी, कपिलवस्तु, रूपन्देही, रुकुम, रोल्पा, प्युठान, दाङ, बझाङ, डोटी, अछाम, बैतडी, डडेलधुरा र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *