सेयर मार्केट

अरुण भ्याली हाइड्रोपावरको ४ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुल्यो

arun valley hydropower

९ असार, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (असार ९ गते) बाट ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद असार १६ गते तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं,मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरीबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । पोखरा–नागढुंगा,नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथलीबाट पनि बोलपत्र आवेदन दिन सकिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *