
९ असार, काठमाडौं । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
गत मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेर सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउदै एक हजार २९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस