समाचार

रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

bead body tag

९ असार, रोल्पा । रोल्पाको रोल्पा नगरपालिका–९ होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६ जना सुतेका मध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीसहितको टोली घटनामा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *