सेयर मार्केट

मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आइपीओ निष्कासन गर्ने

ipo

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने कम्पनीको आईपीओमा छिटोमा असार २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन गर्न सकिनेछ ।

आईपीओमा अनलाईनमार्फत मेरो सेयरबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस