समाचार

सिन्धुलीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

Death Body

९ असार, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६, शिखरटोलमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । ४६ वर्षीया शान्ता भण्डारी खत्रीको मंगलबार साँझ मृत्यु भएको हो ।

उनकै श्रीमान् रवि खत्रीले गएको जेठ २८ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले रविलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *