सेयर मार्केट

सेयर बजारमा पुनः ५१.६५ अंकको गिरावट, कारोबार रकम पनि ८ अर्बमा खुम्चियो

stock market

९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा पुनः ५१.६५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ विन्दुमा झरेको हो ।

जबकी गत मंगलबार मात्र करिब हप्ता दिन लामो गिरावट पछि करिब ७९ अंकको वृद्धि हुँदै सेयर बजार २९१३.२९ मा उक्लिएको थियो । तर, बुधबार पुन सेयर बजार ५१ अंक माथिले गिरावट आएको छ । त्यसो त यस दिन नेप्से परिसूचकमा उच्च अंकको गिरावट आइरहँदा यता कारोबार रकममा समेत निकै ठूलो संकुचन आएको छ ।

नेप्सेका अनुसार आज कुल २१८ कम्पनीका १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ९१ हजार ७५ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँको मात्र कारोबार भएको छ। गत मंगलबार १० अर्ब २८ करोड माथिको कारोबार भएको थियो।

यस दिन नेप्सेमा सूचीकृत सबै समूहहरु ऋणात्मक भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस