समाचार

छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु

bead body tag

९ असार, मोरङ । मोरङमा छुट्टाछुट्टै घटनामा परी २ जनाको मृत्यु भएको छ। करेन्ट लागेर र चट्याङ लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर  १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् । आज दिउँसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर गम्भिर घाइते भएका आलमको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको हो ।

त्यसैगरी मोरङको रंगेली नगरपालिका ६ मलङ्गथानस्थित पिठारीको रुखमुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चट्याङ्ग पर्दा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । आज दिउँसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाइते भएका सोही स्थानका २० वर्षीय नितेश रायको रंगेली अस्पतालमा पुर्याउना साथ मृत्यु भएको हो ।

सोही स्थानका ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय  विजय मण्डल, २२ वर्षीय संगिता राय र २७ वर्षीय रविन मण्डल घाइते भएका हुन् । घाइतेहरुको रङेली अस्पतालमा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस