९ असार, काठमाडौं । निर्वाचन आयोगमा नेकपा (एकीकृत) नामक दल दर्ता भएको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नयाँ दल ‘नेकपा (एकीकृत)’ दर्ता भएको हो ।
निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार प्रदान गरेको छ ।
गत जेठ ३० गते बसेको आयोगको बैठकको निर्णयअनुसार उक्त दल दर्ता भएको हो । आयोगले राईलाई उपलब्ध गराएको प्रमाणपत्र अनुसार १६३ नम्बरमा उक्त दल दर्ता भएको छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए ।
सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।
प्रतिक्रिया दिनुहोस