खेलकुद समाचार

रोनाल्डोले बराबरी गरे सर्वाधिक अन्तर्राष्ट्रिय गोलको किर्तिमान

ronaldo

१० असार, काठमाडौं । क्रिष्ट्रियानो रोनाल्डोे अहिले निकै फर्ममा छन् । पाँचौ युरोकप खेलिरहेका रोनाल्डोले समूह चरणका तीनवटा खेलमा पाँच गोल गरिसकेका छन् । उनले हंगेरीविरुद्ध दुई, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध दुई गोल गरे ।

फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोलसंख्या १ सय ९ पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा ईरानका अली देईले मात्र यति धेरै गोल गरेको इतिहास छ ।

अलीले १९९३ देखि २००६ सम्म ईरानबाट १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरेका थिए । रोनाल्डोले आफ्नो १ सय ७८ औं अन्तर्राष्ट्रिय खेलमा यो किर्तिमान बराबरी गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस