बलिउड / हलिउड

‘केजिएफ’का अभिनेता यश लिन्छन् एउटा फिल्मको यति ठूलो रकम

yash

१० असार, काठमाडौं । कन्नड अभिनेता यशको वास्तविक नाम नवीन कुमार गौडा हो । उनको जन्म एक मध्यम वर्गीय परिवारमा भएको थियो । उनका पिता एक यातायात कम्पनीमा ड्राइभर  को काम गर्थे ।

सन् २०१८ मा रिलीज भएको फिल्म ‘केजीएफ’ (KGF) मा दमदार अभिनय गरेका यशको अभिनयले मानिसहरुलाई मोहित बनाएको थियो । मिडिया रिपोर्टका अनुसार केजीएफको अर्को सिजन पनि छिट्टै रिलीज हुने भएको छ । यश ‘रकी भाई’ को नामले परिचित यशका जीवनमा थुप्रै रोचक कहानी छ ।

भारतको कर्नाटकको हसन जिल्लामा जन्मिएका यशले सानै उमेरदेखि फिल्मको अभिनेता बन्ने सपना देखेका थिए । त्यसैले उनी बैंगलोर गएका थिए ।

उनी कन्नड फिल्मका सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । उनी एउटा फिल्म खेलेबापत १५ लाख (भारतीय रुपियाँ) लिने गर्छन् । उनी यति सम्पन्न अभिनेता भएपछि पनि उनका पिताले अझैसम्म उनको काम छोडेका छैनन् ।

ठूलो पर्दामा चर्चा कमाएका यशले टेलिभिजन सिरियलमा समेत काम गरेकी छन् । उनले ‘नंदा गोकुला’ नामको टेलिभिजन सीरियलबाट डेब्यू गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस