सेयर मार्केट

आजको सेयर बजार : १६.९७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि ७ अर्बमा खुम्चियो

Nepal Stok exchange

१० असार, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से १६.९७ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २८४३ अंकमा कायम भएको छ ।

यस दिन कारोबार रकम पनि घटेको छ । यस दिन ७ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा निकै कम हो । हिजो ११ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

हिजो सबै समूहहरु घटेकोमा आज भने दुई समूहहरु होटल तथा पर्यटन र जलविद्युत समूह बढेको छ । होटल तथा पर्यटन समूह ४१ अंकले बढेको छ भने जलविद्युत समूह ५५ अंकले बढेको छ ।

बैंकिङ ७, ब्यापार २६, विकास बैंक ७२, फाइनान्स २९, निर्जीवन बीमा १७७, उत्पादन ४१, अन्य ३०, माइक्रोफाइनान्स ४९ र जीवन बीमा समूह १४३ अंकले घटेका छन् । यस दिन माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशतले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस