समाचार

विपक्षी गठबन्धनका विद्यार्थीले गरे सरकारविरूद्ध प्रदर्शन

pradarsan

१० असार, काठमाडौं । पाँच विद्यार्थी संगठनले संयुक्त रूपमा प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै प्रदर्शनीमार्गमा आज अपरान्ह उनीहरूले प्रदर्शन गरेका छन् । नेविसंघ महामन्त्री दीपक भट्टराईले संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेको बताए ।

उनकाअनुसार शुक्रबार बिहान १० बजे फेरि प्रदर्शन गर्ने तयारी छ। प्रतिनिधि सभा विघटनलाई बदर गरिनुपर्ने माग उनीहरूको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस