समाचार

थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

sab covid death

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *