समाचार

नवनियुक्त निर्वाचन आयुक्त जबराले लिए शपथ

nirwachan aayog

१० असार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलिया समक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएका हुन् ।

निर्वाचन आयुक्त राणाले आजै पदबहाली गर्नुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो अनुभव र पृष्ठभूमि रहेको बताइएको छ ।

हाल प्रतिनिधिसभा नरहेको र संसदीय सुनुवाइ हुने अवस्था नभएकाले  संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिन बुधबार पुगेपछि संवैधानिक व्यवस्थाअनुरुप उनको शपथ र पदबहाली भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *