समाचार

पाल्पामा मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ घाइते

bike accident

१० असार, पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दियाको बासगढी नगरपालिका ६ निवासी ३६ वर्षीय जग्गु डाँगी रहेका छन् ।

प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेमा मोटरसाइकल बर्दियाकै ३० वर्षीय दिपेन्द्र चौधरी रहेका छन् । उहाँको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *