समाचार

‘ओलीले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम गरे’

kp oli sambodhan

११ असार, काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम गरेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको पक्षमा उभिन सञ्चारजगत्लाई आह्वान गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा नेपालले बिहीबार सम्पादकहरूसँग भेट्दै राष्ट्रिय हित संरक्षण र लोकतन्त्रको रक्षाका निम्ति संयुक्त मोर्चा बनाएर अघि बढेको बताएका हुन्। प्रधानमन्त्री ओलीको शासकीय अहंकार, स्वेच्छाचारी निर्णय र कामका कारण संविधानसभाबाट जारी भएको संविधान र मुलुक नै संकटमा परेको भन्दै सबै मिलेर यसलाई जोगाउनुपर्नेमा शीर्ष नेताहरूले जोड दिए ।

‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको छ,’ कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘प्रतिनिधिसभाका बहुमत १ सय ४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार हामीले प्रधानमन्त्रीका लागि दाबी ग¥यौं। स्वेच्छाचारी किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस