समाचार

काठमाडौँ–तराई-मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माणका लागि चिनियाँ टोली नेपाल आइपुगे

road

११ असार, काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराई÷मधेस  द्रुतमार्गको  सुरुङमार्ग  र मोटरेबल पुल (हाइब्रिज)को डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीको प्राविधिक टोली नेपाल आइपुगेको छ ।

द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली  सेनाका  प्रवक्ता  सन्तोषबल्लभ  पौड्यालले द्रुतमार्गको   धेद्रे–लेनडाँडा   खण्डमा   सुरुङमार्ग र  हाइब्रिज  निर्माणको  ठेक्का  पाएको  चीनको पोली  च्याङ्दा  इन्जिनियरिङ  कम्पनी  लिमिटेडका परियोजना प्रबन्धकसहितको १४ जनाको प्राविधिक टोली काठमाडौँ आइपुगेको जानकारी दिए ।

सेनाको  समन्वयमा  चीनको  ग्वान्जाओबाट चार्टर्ड  उडानमार्फत  सो  विशेषज्ञ  टोली  काठमाडौँ आइपुगेको  हो । उनका  अनुसार  स्वास्थ्य  तथा जनसङ्ख्या  मन्त्रालयले  लागू  गरेको  स्वास्थ्य मापदण्ड पालना गरी प्राविधिक टोली क्वारेन्टाइनमा बस्ने छ र कोरोना परीक्षण गरी पीसीआर रिपोर्ट निगेटिभ आएपछि मात्र टोली कार्य क्षेत्रतर्फ पस्थान गर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस