मुख्य समाचार

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिलाई निर्वाचन आयोगले गर्‍यो पदमुक्त (नामावली सहित)

nirwachan aayog election

११ असार, काठमाडौं । नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । सोही आधारमा आयोगले पदमुक्त गरिएको जनाएको छ ।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका १/१ जना छन् ।

election notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *