समाचार

हल्ला होइन काम गरेर देखाउँछु : स्वास्थ्यमन्त्री श्रेष्ठ

krishna gopal shrestha

११ असार, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कारोना नियन्त्रणका लागि भाषण र हल्लाभन्दा काम गरेर देखाउने बताएका छन् ।

आज मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले कारोना विरुद्धको खोप ल्याउने प्रक्रियामा हल्लाभन्दा काम गरेर परिणाम देखाउने बताएका हुन् । मन्त्री श्रेष्ठले आसोज मसान्तसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिने कामलाई पहिलो  प्राथमिकता राखेर अघि बढ्ने पनि बताए ।

नागरिकले नो भ्याक्सिन नो भोट अभियानलाई जोड दिएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसलाई सम्बोधन गर्ने हिसाबले काम गर्ने पनि उनले बताए । वर्तमान चुनौतिलाई सामना गरेर कारोना नियन्त्रणका लागि मन्त्रालयको टिमलाई अघि बढाउने र चमत्कारिक ढंगले परिवर्तन ल्याउने पनि श्रेष्ठले दाबी गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस