समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढ्न सक्छ: आयल निगम

Nepal oil nigam

११ असार, काठमाडौं । नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ । न्यूज एजेन्सी नेपालसँग शुक्रबार कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड तेल र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताए । हाल आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै उनले नाफा कमाउने उद्देश्यका लागि नभइ कम्पनीको नोक्सानीलाई घटाउनको लागि मुल्यवृद्धि गरिएको उनले प्रष्ट्याए । आगामी दिनमा पनि मूल्यवृद्धि हुनसक्ने उनको भनाइ छ ।

उनले भने,  ‘तेल उत्पादनको कटौती आफ्नो ठाउँमा छ । लगानीकर्ताहरु क्रुड र डलरमा केन्द्रीत भएको अवस्था छ । हामीले लागत नै महंगोमा किनिसकेपछि कम्पनीले त नाफा नगरेपनि नोक्सान त सहनु भएन नि भन्ने हिसाबले, नोक्सानीलाई कम गर्दै जाने रणनीति अन्र्तगत । नाफा कमाउने त कुनै उद्देश्य छैन । अरु नोक्सानीमा नजाओस् भन्ने ध्यानमा राख्दै कार्यविधिको अधिकारको पनि न्युनतम भन्दा न्युनतम प्रयोग गरेर मुल्य बढाएको स्थिति हो ।’

आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल/मट्टीतेलको साबिकको विक्रि मुल्यमा २ रुपैयाँ वृद्धि गरी नयाँ खुद्रा विक्रि मुल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ । त्यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ विक्रि मुल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ । यति वृद्धि गर्दा पनि आयल निकै अझै घाटामा रहने आयल  प्रवन्ध निर्देशक पौडेलले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस