समाचार

मोटरसाइकलबाट खसेर युवकको मृत्यु

bead body tag

११ असार, पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन् ।

मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग २० प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोक्किँदा पछिल्लो सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आज बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *