समाचार

प्रधानसेनापति थापाद्वारा उपरथी राणालाई दर्ज्यानी चिन्ह प्रदान

ashis narsingh rana

११ असार, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा भएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष कार्यक्रममा  पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।

उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस