समाचार

स्वयम्भूबाट चितुवाको छालासहित २ जना पक्राउ

Chituwa sahit pakrau

११ असार, काठमाडौं । चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले दुई जनालाई शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर- १५ स्वयम्भूबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका ३ सिरटोल घर भएका ३२ वर्षीय सुशीलकुमार वाइबा र ध्याङलेख गाउँपालिका १ अमले घर भएका ३४ वर्षीय कान्छाराम वाइबा रहेका छन् ।

चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ६ लाख रुपैयाँमा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस